Banijya News

यौनकर्मीको विषय उठान गरेको सिनेमा ‘लालिमा’ हलमा

1
1.1K Shares

फ्राइडे रिलिजमा आज चलचित्र ‘लालिमा’ प्रदर्शनमा आएको छ । यौनकर्मी महिलाहरूको वास्तविक जीवनका कथाहरूमा आधारित चलचित्र ‘लालिमा’ देशभरका हलमा आजबाट प्रदर्शनमा आएको हो । यो चलचित्रले यौनकर्मी महिलाहरूको वास्तविक अनुभव र भोगाइलाई मुख्य विषयवस्तु बनाएको निर्माणपक्षले जनाएको छ ।

‘लालिमा’को भूमिकामा अभिनेत्री रोशनी कार्की देखिएकी छन् । उनको यो पहिलो शीर्ष भूमिका हो । नायिका उषा रजक लालिमाको आमाको भूमिकामा छिन् । उनले पहिलोपटक आमाको भूमिकामा देखिएकी हुन् । चलचित्रका लेखक तथा निर्देशक रोशन मिराजले ‘लालिमा’ले मनोरञ्जनसँगै समाजले गुपचुप राख्ने प्रयास गरिरहेको विषय उठान गर्ने बताए । चलचित्रमा रोशनी र उषासँगै शिशिर वाङ्देल, जीवन भट्टराई, उषा रजक, सुष्मा निरौला, सविन कट्टेल र घनश्याम जोशीलगायत कलाकारको अभिनय रहेको छ ।

1

Scroll to Top