Banijya News

डेडिकेटेड फिडर तथा ट्रंक लाईन बक्यौता २१ दिनभित्र भुक्तान नगरे कारबाही

1
1.2K Shares

नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड फिडर र ट्रंक लाइनमार्फत विद्युत् सेवा उपभोग गरिरहेका ग्राहकहरूलाई २१ दिनभित्र सम्पूर्ण बक्यौता रकम भुक्तानी गर्न अल्टिमेटम दिएको छ। आज (२०८२-०६-२६) एक सूचना जारी गर्दै प्राधिकरणले यसअघिका सम्पूर्ण पुनरावलोकन सम्बन्धी कामकारबाही खारेज भएको जनाएको छ। प्राधिकरण सञ्चालक समितिको २०८२-०६-१० को निर्णयअनुसार, ग्राहकहरूले आगामी २०८२-०७-१७ गतेभित्र बक्यौता महसुल बुझाउनुपर्नेछ।

किस्ताबन्दीको सुविधा र चेतावनी

प्राधिकरणले बक्यौता भुक्तानी गर्न इच्छुक ग्राहकहरूलाई अधिकतम २८ महिनाको मासिक किस्ताबन्दीको सुविधा पनि उपलब्ध गराउने जानकारी दिएको छ। यद्यपि, तोकिएको समय सीमाभित्र महसुल बुझाउन नआएमा नेपाल विद्युत् प्राधिकरण, विद्युत् महसुल सङ्कलन विनियमावली, २०७८ बमोजिम कारबाही प्रक्रिया अघि बढाइने चेतावनीसमेत दिइएको छ। यसअन्तर्गत, विद्युत् लाइन काट्ने लगायतका कदम चाल्न सकिनेछ।

1

Scroll to Top