Banijya News

कोशी प्रदेशमा पहिलोपटक ‘हिकभिजन एक्सपेरियन्स एक्स्पो २०२६’ हुँदै

1
1.0K Shares

सुरक्षा प्रविधिको क्षेत्रमा काम गर्दै आएको हिकभिजनले कोशी प्रदेशमा पहिलोपटक ‘हिकभिजन एक्सपेरियन्स एक्स्पो २०२६’ आयोजना गर्ने भएको छ। आगामी ३१ साउनमा मोरङको विराटचोकस्थित नेपालरिका होटलमा एक्स्पो आयोजना हुन लागेको हो।

आर्टिफिसियल इन्टेलिजेन्स (एआई) सहित आधुनिक सुरक्षा प्रणालीमा आधारित हिकभिजनका नयाँ उत्पादन तथा प्रविधिबारे जानकारी दिने उद्देश्यले एक्स्पो आयोजना गर्न लागिएको नेपालका लागि हिकभिजनको आधिकारिक वितरक म्याक्सिमा मल्टी नेशनल ट्रेडिङ प्रालिका प्रमुख मनिकुमार तामाङले जानकारी दिए।

उनका अनुसार एक्स्पोमा सुरक्षा प्रविधिका विभिन्न क्षेत्र समेटिएका आठ वटा स्टल रहनेछन्। घरेलु तथा साना व्यवसायका लागि आवश्यक सुरक्षा प्रणाली, एकीकृत ट्राफिक व्यवस्थापन, व्यावसायिक अडियो व्यवस्थापन, प्रदर्शनी तथा शैक्षिक संस्था व्यवस्थापनसँग सम्बन्धित प्रविधि स्टलमा प्रदर्शन गरिनेछ।

त्यस्तै, पूर्वसूचना दिने अलार्म सुरक्षा प्रणाली, ताररहित घर सुरक्षा प्रविधि तथा हिकभिजनका नवीनतम उत्पादन पनि प्रदर्शनीमा राखिने आयोजकले जनाएको छ।

एक्स्पोमा पछिल्लो समय बढ्दै गएका सुरक्षा चुनौतीलाई आधुनिक प्रविधिको प्रयोगबाट कसरी सहज र प्रभावकारी रूपमा व्यवस्थापन गर्न सकिन्छ भन्ने विषयमा विज्ञहरूले जानकारी दिनेछन्। सहभागीले प्रविधिका उत्पादन प्रत्यक्ष अवलोकन गर्नुका साथै तिनको प्रयोग र उपयोगिताबारे जानकारी लिन सक्नेछन्।

कोशी प्रदेशमा पहिलोपटक आयोजना हुन लागेको एक्स्पोको व्यवस्थापन एल्पनाइन टेक्नोलोजीज विराटनगर, प्यारागन आईटी सोलुसन इटहरी, आरएस कम्प्युटर दमक र तेजस्वी कम्प्युटर सपोर्ट बिर्तामोडले संयुक्त रूपमा गरिरहेका छन्।

एल्पनाइन टेक्नोलोजीजका सञ्चालक सुरज ढुंगानाले एक्स्पोले व्यवसायिक तथा घरेलु सुरक्षा प्रणालीलाई थप प्रविधिमैत्री बनाउन सहयोग पुग्ने बताए। उनका अनुसार बदलिँदो सुरक्षा आवश्यकताअनुसार आधुनिक प्रविधिबारे स्थानीय व्यवसायी तथा सर्वसाधारणलाई जानकारी गराउनु एक्स्पोको प्रमुख उद्देश्य हो।

1

Scroll to Top