Banijya News

संविधानको अन्तर्निहित सफलता र सुन्दरतालाई आत्मसाथ गर्दै अघि बढ्नुपर्छ :अर्थमन्त्री डा.स्वर्णिम वाग्ले

1
1.0K Shares

अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले संविधानको अन्तर्निहित सफलता र सुन्दरतालाई आत्मसाथ गर्दै अघि बढ्नुपर्ने बताउनु भएको छ ।
तीन दिने आैपचारिक भ्रमणका लागि भारतमा रहनुभएका उहाँले आज नेपाली दूतावासद्धारा आयोजित संविधान दिवस कार्यक्रममा बोल्दै यस्तो धारणा व्यक्त गर्नुभएको हो।
उहाँले संविधानका विषय वस्तु सुधार गर्न सकिन्छ भन्ने व्यवस्था संविधान मै रहेको पनि स्पष्ट पार्दै ।
संविधान एउटा जीवन्त कानुनी दस्तावेज हो र यसमा आवश्यकता बमोजिम आम नेपाली जनताबाट अनुमोदित गर्दै संविधानका विभिन्न विषयमा सुधार गर्न सकिने प्रावधान संविधानभित्रै रहेको बताउनुभयो । अर्थमन्त्री वाग्लेले भन्नुभयो,”संविधानको अन्तर्निहित सफलता र सुन्दरतालाई आत्मसाथ गर्दै अघि बढ्नुपर्छ ।
कार्यक्रममा बोल्दै उहाँले संविधान निर्माणको लागि सहादत प्राप्त गर्नुहुने शहीदहरूको स्मरण अर्थमन्त्री डाक्टर वाग्लेले गर्नुभएको थियो। कार्यक्रममा अर्थमन्त्री डाक्टर वाग्लेले नेपालको राष्ट्रिय झण्डा झन्डोत्तोलन गर्नुभएको थियो। कार्यक्रममा कार्यवाहक राजदूत डाक्टर सुरेन्द्र थापाले माननीय अर्थमन्त्रीज्यूलाई स्वागत गर्नुभएको थियो।

1

Scroll to Top