May 13, 2024, Monday
३१ बैशाख २०८१, सोमबार

छ वर्षका बालकले सबै देशका झन्डा र टापु चिन्ने , गिनिज बुक अफ वल्र्ड रेकर्डका लागि सहयोगको अपिल

छ वर्षका बालकले सबै देशका झन्डा र टापु चिन्ने , गिनिज बुक अफ वल्र्ड रेकर्डका लागि सहयोगको अपिल

नुवाकोट तारकेश्वर स्थायी निवासी ६ वर्षीय बालक विश्वास अधिकारीले विश्वका सबै देशका झन्डा र ती देशमा रहेका टापुहरू चिन्न सक्ने उनको परिवारले दाबी गरेका छन् ।

Advertisement

आइतबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी उनको प्रतिभाबारे जानकारी गराइएको हो । उनकी आमा कल्पना थापा (अधिकारी)ले परिवारको कुनै सहयोगबिनानै विश्वासले आफैँ ती देशहरूको झन्डा र टापुहरू चिनेको बताएकी छिन् ।

Advertisement

विश्वासको प्रतिभाको सम्मान स्वरूप आफूहरूको लक्ष्य ‘गिनिज बुक अफ वर्ल्ड रेकर्ड’ मा नाम लेखाउन पहल गर्ने रहेको बताइन् ।

‘हाम्रो लक्ष्य भनेको बाबुको नाम ‘गिनिज बुक अफ वर्ल्ड रेकर्ड’ मा लेखाउने नै हो । सानै उमेरमा यतिधेरै प्रतिभा भएकाले भोलिका दिनमा केही सपोर्ट हुन्छ कि भनेर नै हामी लागिपरेका छौं,’ उनले भनिन् ।

विश्वास जोरपाटीस्थित एक स्कुलमा युकेजीमा पढ्छन् । कार्यक्रमकै क्रममा पनि उनलाई विभिन्न देशका झन्डाहरू देखाइएको थियो । उनले ती झन्डाहरू सहजै चिनेका थिए ।

साथै, विश्वासकी आमा कल्पनाले ‘गिनिज बुक अफ वर्ल्ड रेकर्ड’ का लागि सहयोग गरिदिन अपिल समेत गरेकी छिन् ।