May 13, 2024, Monday
३१ बैशाख २०८१, सोमबार

धर्मान्तरणको नाममा हिन्दूलाई त्रास देखाउँने क्रम बढ्दो

धर्मान्तरणको नाममा हिन्दूलाई त्रास देखाउँने क्रम बढ्दो

नेपालमा धर्मान्तरणको चलखेल गर्ने शक्तिले हिन्दूलाई प्रत्यक्ष÷अप्रत्यक्ष त्रास देखाउने क्रम बढेर गएको छ । हिन्दु विरोधीहरुले राज्यको महत्त्वपूर्ण निकायमा पकड बनाएर हिन्दुमाथिको त्रास देखाउने क्रम बढेको हो । अर्कोतर्फ, हिन्दूहरूलाई विकसित भनिएका देशमा प्रवेश नपाउने डर देखाइएको छ । हिन्दूहरू एक हुनका लागि सुरूमा त्रास मेटाउनु जरुरी छ ।

Advertisement

देशमा हिन्दूहरू एकढिक्का हुने माहोल तयार भइरहेको छ । छद्म हुँदै खुल्ला रूपमा हिन्दूहरूमाथि आक्रमण बढ्न थालेको भान बल्ल मिलेकोले हिन्दूहरू एकढिक्का हुन खोजेका हुन् । मिसिनरीहरू योजनाबद्ध तरिकाले हिन्दू धर्म र संस्कृति मास्न छिरेका थिए र त्यसका लागि यहाँभित्रै पात्र खडा गरेका थिए । ती पात्र छद्म रहेकोमा बिस्तारै खुलेरै आक्रमणमा उत्रन थालेका छन् । हिन्दूहरू बिस्तारै असुरक्षित बनेको घटनाक्रमले देखाउँदै लगेपछि एकताको आवाज बुलन्द हुन थालेको छ । हिन्दू स्वंसेवक संघ, विश्व हिन्दू परिषद् नेपाललगायत संघसंस्थाले हिन्दू एकताको अभियान नै चलाएका छन् । हिन्दू राष्ट्र अभियान पनि सक्रिय छ अहिले । यसले हिन्दूहरूमा बिस्तारै जागरण आइरहेको छ र एकताको भावना विकास भएको छ ।

Advertisement

त्यसो त नेपाल कुनै बेला हिन्दू राष्ट्रका रूपमा संविधानमा उल्लेख थियो । माओवादी हिंसापछि संविधानसभामार्फत देशमा विवादास्पद तरिकाले हिन्दू राष्ट्र हटाइयो । यसको विरोध चलिरहेको छ । संविधानमा हिन्दू राष्ट्र पुनःस्थापनाका लागि संसद्को दुई तिहाइ आवश्यक पर्छ । देशमा झण्डै ८२ प्रतिशत हिन्दू र बाँकी १२ प्रतिशत ऊँकार परिवारका रहेबाट त्यो असम्भव भने छैन । तर, हिन्दूहरू एक भएमात्र हिन्दू राष्ट्र पुनः स्थापना सम्भव छ ।

मुख्य राजनीतिक दलहरूभित्र हिन्दू राष्ट्रको मुद्दा उठिरहेको छ– जुन एकीकृत भने छैन । हिन्दूहरूलाई एकताबद्ध बनाउने पहल भने चलिरहेको छ । नेपाली काँग्रेसभित्र हिन्दू राष्ट्रको मुद्दाले महासमिति बैठकमा बहुमत पाइसक्दा योजनाबद्ध तरिकाले रोक्ने रणनीति चालियो । काँग्रेसबाट हिन्दू राष्ट्रको मुद्दा सम्बोधन नहुने यसले पनि देखिएको छ । उक्त दलमा हिन्दू राष्ट्र पक्षधर निसास्सिएका छन् यतिबेला । उनीहरू नयाँ शक्तिको उदय होस् भन्ने चाहिरहेका छन् । कम्युनिस्टको विकल्पमा मात्र काँग्रेस बन्न बाध्यहरूका लागि विकल्प जुन बेला आउँछ– त्यतिबेला नयाँ माहोल सृजना हुन्छ । राजनीतिक रूपमा हिन्दूलाई एक हुन नदिन अनेक षड्यन्त्र भइरहेका छन् ।

हिन्दूहरू एक भएमा मुख्य दलहरू दबावमा पर्न सक्छन् । अर्को विकल्प भनेको हिन्दूत्वको मुद्दामा उदाउने नयाँ शक्तिले परिवर्तनको नेतृत्व गर्न सक्छ । त्यो कठिन छ असम्भव भने छैन । नेपालमा हिन्दूहरू विभिन्न नामले विभाजन गरिएका छन् । हिन्दूहरूमाथि प्रहार गर्ने र धर्मान्तरण गर्ने शक्तिले रणनीतिक तरिकाले हिन्दूलाई फुटाएको छ । तर, हिन्दूत्वको मुद्दा उठाउने आशालाग्दो शक्तिको प्रतीक्षा जनताले गरिरहेका छन् । हिन्दूहरू एक भएमा देशको सबैजसो निर्वाचन क्षेत्रमा विजयी हुन्छन् । समानुपातिकतर्फ पनि ८० प्रतिशतभन्दा मत हासिल गरेर दुई तिहाइ पुग्छ । तर, यसलाई सफल हुन नदिने गतिविधि चलिरहेको छ ।

हिन्दूहरूको बलियो राजनीतिक शक्तिको उदय जरुरी हुन्छ । त्यो प्रयास चलिरहेको बुझिएको छ । केही वर्षमै त्यस्तो शक्ति उदाउने देखिँदैछ । त्यो शक्तिले देशमा धर्मसंस्कृतिको संरक्षण गर्दै देशलाई संस्कारसहितको प्रगतितर्फ लम्काउने आशा गरिएको छ ।