Banijya News

विश्व कप क्रिकेट अपडेटः ओमानलाई २ सय ५० को नेपाली लक्ष्य

1
1.1K Shares

२६ माघ, काठमाडौं ।
आईसीसी विश्व क्रिकेट लिगमा नेपालले ओमानका सामु २५० रनको विजय लक्ष्य पेश गरेको छ। उसले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ ।

नेपालका लगि कप्तान ज्ञानेन्द्र मल्लले ५६ रन बनाएका थिए। ७६ बल खेल्दै ज्ञानेन्द्रले ७ चौका र १ छक्का प्रहार गरेका थिए। त।यसैगरि पारस खड्काले ३८ रन बनाए भने बिनोद भण्डारीले ३५ रनको योगदान दिएका थिए।
नेपाली ब्याटिङ तर्फ आरिफ शेख र कुशल मल्लले २९ रनको साझेदारी गरे ।
आइसीसी विश्व कप क्रिकेट लिग दुई सन् २०२३ मा आयोजना हुने विश्वकपसम्म पुग्ने सिँढी हो । लिग दुईमा नेपाल, अमेरिका, ओमान, स्कटल्यान्ड, नामिविया, युएई र पपुवा न्युगिनी रहेका छन् । उक्त लिग सन् २०१९ को अगस्तदेखि शुरु भएको हो ।
विश्वकप छनोटको विजेता र उपविजेता टोलीले सन् २०२३ मा भारतमा आयोजना हुने विश्वकप क्रिकेटमा भाग लिन पाउने छन् ।

1

Scroll to Top