Banijya News

सांसद उपाध्यायको निधनलाई कारण देखाउदै प्रधानमन्त्रीले गर्ने भनिएको विशेष सम्बोधन स्थगित

1
1.1K Shares

०२ फागुन, काठमाण्डौ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आज गर्ने भनिएको विशेष सम्बोधन कार्यक्रम स्थगित भएको छ । नेपाली कांग्रेसका राष्ट्रियसभा सदस्य दुर्गाप्रसाद उपाध्यायको निधन भएकाले आजको संसद बैठक सांसद उपाध्यायको निधनमा शोक प्रस्ताव पारित गर्ने भएकाले प्रधानमन्त्रीको सम्बोधन स्थगित भएको हो ।
सरकारको २ वर्ष पुगेको अवसरमा प्रधानमन्त्री ओलीले सरकारले गरेको कामका बारेमा संसदमार्फत जानकारी गराउने कार्यक्रम रहेको थियो।

सांसद उपाध्यायको शुक्रबार बिहान निधन भएको हो।

संसद् सचिवालयका अनुसार ओलीले शनिबार बिहान ११ बजे बस्ने प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्नेछन् ।

1

Scroll to Top