०२ फागुन, काठमाण्डौ ।
नगरकोटमा स्थानीयवासी र प्रहरीबीच क्वारेन्टाइन राख्ने विषयमा झडप भएको छ। झडपमा दुवैतर्फ सामान्य घाइते भएको बताइएको छ।
चीनको वुहानमा रहेको नेपालीको उद्धारका लागि जाने चालक दलका सदस्य र स्वास्थ्यकर्मीलाई नगरकोटस्थित राष्ट्रिय खानेपानी तथा सरसफाई प्रशिक्षक केन्द्रमा क्वारेन्टाइनमा राख्ने विषयलाई लिएर सो झडप
भएको हो ।
शुक्रबार प्रधानमन्त्री कार्यालयका सचिव नारायणप्रसाद बिडारी नेतृत्वको टोली नगरकोट आउने थाहा पाएपछि स्थानीयहरुले यातायातसमेत अवरुद्ध गरेर सडकमा टायर बालेर प्रदर्शन गरिरहेका थिए। सडकमा भएको अवरोध हटाउने क्रममा झडप भएको हो। प्रहरीले लाठी चार्ज गरेर भिडलाई तितर वितर पारेको थियो ।
सरकारको क्वारेन्टाइन राख्न निर्णयको विरोधमा स्थानीयहरुले केही दिनदेखि सो क्षेत्रमा प्रदर्शन गर्दै आइरहेकाछन् ।


