५ चैत्र २०७६
राजधानीबाट फेरि सर्जिकल मास्क बरामद भएको छ । काठमाडौंको सानो भर्याङबाट १० लाख मास्क सहित एक जना पक्राउ परेका छन् ।
कोरोना भाइरसको संक्रमणको मौका छोपेर भइरहेको कालोबजारी नियन्त्रण गर्न प्रहरी निर्दयी हुने बताइरहेको बेला यो परिमाणको मास्क बरामद भएको हो।
गोरखाका युवराज न्याउपानेलाई कालो बजारी गर्न राखेको अवस्थामा महानगरीय अपराध महाशाखाको टोलीले १० लाख माग सहित पक्राउ गरेको हो।
यसअघि शनिबार आइतबार र सोमबार पनि प्रहरीले १० लाख बढी मास्क बरामद गरेको थियो ।


