Banijya News

काँग्रेस महाधिवेशन रोक्न माग गर्दै देउवा पक्षीय नेता पुगे अदालत

1
1.0K Shares

नेपाली काँग्रेसको १५औँ महाधिवेशन रोक्न माग गर्दै देउवा पक्षीय नेताहरू सर्वोच्च अदालत पुगेका छन् ।

काँग्रेसका पूर्वसभापति शेरबहादुर देउवा र तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्काले १५औँ महाधिवेशन प्रक्रिया रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । पूर्वसभापति देउवा र खड्काको तर्फबाट छुट्टाछुट्टै रिट सर्वोच्च पुगेको हो ।

आधिकारिता विवादमा पुनः सुनुवाइ गर्न सर्वोच्चले निस्सासमेत दिइसकेको अवस्थामा त्यसको टुंगो नलागी महाधिवेशन सम्बन्धी काम अघि नबढाउन आदेश जारी गर्न रिटमा माग गरिएको छ । असोजमा महाधिवेशन गर्ने गरी पार्टीले अघि बढाएको कार्यतालिका रोक्न उनीहरूको माग छ ।

काँग्रेसले आगामी असोज १६–१९ मा पार्टीको १५औँ महाधिवेशन गर्ने गरी प्रक्रिया अघि बढाइसकेको छ । ७७ वटै जिल्लामा अधिवेशन गराउन काँग्रेसले ८५ निर्वाचन अधिकृतलाई गत मंगलबारदेखि परिचालन गरेको छ ।

तर इतर पक्षको भेलाले गगन थापालाई सभापति अस्वीकार गर्दै देउवाकै नेतृत्वमा महाधिवेशन गर्ने निर्णय गरेको छ । देउवा स्वदेश फर्किएसँगै कांग्रेसको विवाद उत्कर्षमा पुगेको छ ।

1

Scroll to Top