चैत ०८, काठमाडौं ।
विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट युरोपेली देश इटालीमा शुक्रबार एकैदिन ६२७ जनाको मृत्यु भएको छ । योसँगै इटालीमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ४ हजार ३२ पुगेको छ । इटलीमा हालसम्म कोरोनाबाट ३७ हजार ८ सय ६० जना संक्रमित छन् ।
यस्तै पछिल्लो २४ घण्टामा चीनमा ३ जनाको मात्रै मृत्यु भएको छ । चीनले कोरोनाको महामारी आफ्नो देशमा सकिएको यसअघि नै बताइसकेको छ ।
हालसम्म विश्वभर कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ११ हजार १८६ जना पुगेको छ भने संक्रमितको संख्या २ लाख ६५ हजार ९७६ पुगेको छ ।


