Banijya News

प्रतिबन्ध उल्लंघन गर्दै ६१ नेपाली काठमाडौंमा,सरकारले क्वारेन्टाइनमा पठायो

1
1.2K Shares

चैत ०८, काठमाडौं । 

नेपाल सरकारले घोषणा गरेको प्रतिबन्ध उल्लंघन गर्दै ६१ नेपाली स्वदेश फर्किएका छन्। एयर इन्डिया र थाई एयरका जहाजले शनिबार ती देशहरुबाट ६१ जना यात्रुहरु नेपाल ल्याएको हो ।  

उनीहरुलाई खरिपाटीस्थित नेपाल विद्युत प्राधिकरणको तालिम केन्द्रस्थित क्वारेन्टाइनमा पठाइएको छ ।

सरकारले शुक्रबारदेखि लागू हुने गरी युरोपका सबै मुलुक, खाडी मुलुक, पश्चिम एसियाका सबै मुलुकहरु, जापान, मलेसिया र दक्षिण कोरियाबाट आगमन प्रतिबन्ध लगाएको थियो।

कोरोना भाइरसको प्रकोप भित्रिन नदिन सरकारले लगाएको अस्थायी प्रतिबन्ध उल्लंघन गर्दै एयर इन्डिया र थाइ एयरवेजले ५५ नेपालीलाई विभिन्‍न मुलुकबाट नेपाल  ल्याएका  हुन् ।

1

Scroll to Top