Banijya News

सर्वोेच्चद्वारा सीमा क्षेत्रमा अलपत्र नेपालीको उद्धार गर्ने आदेश दिन अस्वीकार

1
1.1K Shares

चैत २०, काठमाडौं ।
लकडाउनको समयमा सीमा रहेका तर नेपाल प्रबेश गर्न नपाएका नेपालीलाई प्रवेश गराउन आदेश माग गर्दै परेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश अस्वीकार गरेको छ । अधिवक्ता मनिषकुमार श्रेष्ठले हालेको रिटमा बिहीबार छलफल हुँदा अन्तरिम आदेश अस्वीकार गरेको हो ।
भारतबाट नेपाल आउन चाहने नेपालीहरू सीमामा अलपत्र परेको भन्दै नेपालीलाई प्रवेश दिनुपर्ने भन्दै हालेको रिटमा न्यायाधीश हरिकृष्ण कार्कीको एकल इजलासले अन्तरिम आदेश अस्वीकार गर्दे छलफलका लागि २४ चैत दुबै पक्षलाई बोलाएको छ ।
अदालतको आदेशमा निवेदनको संवेदनशीलतालाई मध्यनजर गरी दुवै पक्षलाई छलफलमा राखी अन्तरिम आदेशको सन्दर्भमा निर्णय गर्न उपयुक्त हुने देखिएकोले २४ चैतमा अन्तरिम आदेश छलफलको पेशी तोकी प्रस्तुत निवेदन नियमाअनुसार पेस गर्नू गराउँनु भनिएको छ ।

1

Scroll to Top