Banijya News

चीनमा नयाँ नियम लागू: कुकुर र बिरालो खान प्रतिबन्ध

1
1.1K Shares

२१ चैत्र, काठमाडौं ।

कोरोना भाइरसको संक्रमण विभिन्न जनावरहरुबाट नै शुरु भएको चर्चा चलिरहेको छ । 
यस्तो विषय उठिरहँदा चीनको एउटा प्रान्तमा कुकुर र बिरालो खान र बेच्न प्रतिबन्ध लगाइएको छ ।

चीनको सेनजेन प्रान्तमा कुकुर र बिरालो बेच्न र खान पनि प्रतिबन्ध लगाइएको हो । सेनजेन प्रान्तमा अब जंगली जनावर मार्न पनि नपाइने भएको छ । धेरै जंगली जनावरको मासु पाइने बजार पनि बन्द गरिएको छ । 

वुआनमा जंगली जनावरको मासु पाइने बजारबाट कोरोना भाइरसको संक्रमण फैलिएको तथ्य बाहिर आएपछि यस्तो निषेध गरिएको हो । एजेन्सी

1

Scroll to Top