चैत्र २५, काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीका नाममा अहिले ११ बजे सम्बोधन गर्ने भएका छन् ।
प्रधानमन्त्रीले महामारीका रुपमा रहेको कोरोना संक्रमण नियन्त्रण, रोकथाम र उपचारबारे सरकारले अहिलेसम्म गरेका तयारी र कार्यायोजना साथै लकडाउनका बारे सम्बोधन गर्ने भएका हुन् ।
सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले बैसाख ३ गतेसम्म लकडाउनलाई निरन्तरता दिने निर्णय गरेको छ ।
ओलीले यसअघि पनि चैत ७ गते राष्ट्रका नाममा सम्बोधन गरेका थिए ।


