Banijya News

अधिकांश जात्रा स्थगितः भक्तपुरको ऐतिहासिक बिस्केट जात्रा पनि इतिहासमै पहिलोपटक स्थगित

1
1.1K Shares

चैत्र २८, काठमाडौँ ।
देश चैत ११ गतेदेखि लकडाउनमा छ । लकडाउनको समय सर्बसाधारण बाहिर निस्कन प्रशासनले बन्देज लगाउँदै अहिले भेला र मेला गर्न मात्र होइन, अत्यावश्यक अवस्थामा बाहेक घरबाहिर निस्कनै रोक लगाइएको छ ।
यस्को प्रभावमा परेका छन् आधा दर्जन धार्मिक तथा ऐतिहासिक जात्राहरु । बिहीबार शुरु हुनुपर्ने भक्तपुरको ऐतिहासिक बिस्केट जात्रा इतिहासमै पहिलोपटक स्थगित भएको छ ।
भक्तपुरकै सिन्दुर जात्रा, जिब्रो छेड्ने जात्रा पनि स्थगित भै सकेका छन् । भक्तपुरको मात्र होइन काठमाडौंको ऐतिहासिक सेतो मच्छिन्द्रनाथको रथ जात्रा यसअघि नै स्थगित भइसकेको छ ।

1

Scroll to Top