Banijya News

मागमा आएको कमीसँगै कच्चा तेलको उत्पादनमा कटौती हुँदै

1
1.1K Shares

चैत्र २८, काठमाडौँ ।
विश्वका अधिकांश मुलुकमा लकडाउनका कारण तेलको बजार मागमा कमी आएको छ । मागमा आएको कमीसंगै तेल उत्पादक मुलुकहरुले आफ्नो देशको तेल उत्पादनमा कटौती गर्ने थालेका छन् ।


मागसंगै मूल्यमा पनि ठूलो गिरावट आएपछि तेल उत्पादक मुलुकहरुको संगठन ओपेक र अन्य मुलुकले हाल भइरहेको उत्पादनमा ५ भागको एक भाग कटौती गर्ने भएका छन् ।


भिडियो कन्फरेन्समा आगामी मे र जुनमा १ कच्चा तेलको उत्पादन करोड व्यारेलले कटौती गर्ने सहमति भएको बीबीसीले लेखेको छ । जुन विश्वभर हुने आपूर्तीको १० प्रतिशत कमी हो । ओपेकमा आवद्ध नभएका साना उत्पादक मुलुकले ५० लाख व्यारेल कटौती गर्ने अनुमान गरिएको छ ।

1

Scroll to Top