०१ बैशाख, काठमाण्डौ
काठमाडौंको पेप्सीकोला टाउन प्लानिङस्थित सनसिटी अपार्टमेन्टको १६ औं तलामा बस्ने एकै परिवारका आमा, छोरा र बुहारीलाई र्यापिड टेस्ट किटमा परिक्षण गर्दा कोरोना पोजिटिभ देखिएको छ । परिवारका तीनैजालाई कोरोना पोजिटिभ देखिएपछि सबैलाई पाटन अस्पतालको आइसोलेसन वार्डमा भर्ना गरिएको छ । उनीहरु सनसिटी अपार्टमेन्टको ब्लक ए को १६ औँ तल्लामा बस्दै आएका थिए।
उक्त परिवार चैत ५ गते लण्डनबाट फर्किएको थियो । स्रोतका अनुसार हाल सो अपार्टमेण्ट नै लकडाउन गरेर प्रहरीले उच्च सतर्कता अपनाएको छ । अहिले प्रहरीले भित्रबाट बाहिर र बाहिरबाट भित्र जान दिएको छैन । सो अपार्टमेण्टमा चारसय भन्दा बढी परिवार बसोबास गर्दै आएका छन्।
पाटन अस्पतालस्थित स्रोतले पुष्टी गरेअनुसार, पाटनको आइसोलेसनमा भर्ना भएका उनीहरुको पीसीआर परीक्षणका लागि टेकुस्थित जनस्वास्थ्य प्रयोगशालामा पठाइएको छ।
र्यापिड डायग्नोस्टिक टेस्ट किटको परीक्षण शतप्रतिशत पक्का मानिदैन । कहिलेकाही किट्ले काेराेनाकाे भाइरसविरुद्ध लड्ने एन्टीबडी शरीरमा देखाए पनि काेराेना भाइरस नहुन सक्छ।
बागलुङकी महिलालाई शनिबार र्यापिड डायग्नोस्टिक टेस्ट किटबाट परीक्षण गर्दा कोरोना पोजेटिभ देखाएको थियो। तर पोखरास्थित ल्याबमा उनको पीसीआर परीक्षण गर्दा सोमबार नेगेटिभ देखाएको छ। 


