बैशाख २, काठमाडौं ।
कीर्तिमानी पौडीबाज खेलाडी गौरिका सिंहले आफ्नो बाबु कोरोना भाइरसबाट संक्रमित भएर निको भएको सामाजिक संजालमा खुलाएकी छिन् ।
गौरिकाकी बाबु पारस सिंह बेलायतको नेशनल हेल्थ सर्भिस (एनएचएस)मा कार्यरत डाक्टर हुन् । उनलाई विरामीहरुको उपचारको क्रममा कोरोना भाइरस संक्रमण भएको गौरिकाले संजालमा लेखेकी छिन् ।
नयाँ वर्षको शुभकामना दिँदै उनले भाग्यबस १४ दिन क्वारेन्टाइनमा बसेर बुवाको उपचारपछि अहिले कोरोना मुक्त भएको उल्लेख गरेकी छिन् ।


