Banijya News

लकडाउनसँगै रोकियो घण्टाघरको घडी

1
1.1K Shares

बैशाख २, मंगलबार, काठमाडौं ।
काठमाडौँको त्रिचन्द्र क्याम्पस परिसरमा विक्रम संवत १९५१ सालमा वीरशमशेरले निर्माण गराएको घण्टाघर छ । यो ऐतिहासिक सम्पदा मात्र होइन त्यसताका काठमाडौंको मुख्य चिनारी दिने विषय पनि थियो । यस्ले प्रत्येक समय आम सर्बसाधारणलाई समयको बारेमा जानकारी गराउँने काम गर्दे आएको थियो ।


यतिखेर देशमा लकडाउन चलिरहँदा धेरैको घरमानै बार भएको छ । सर्बसाधारण घरमा रोकिएका समय ऐतिहासिक घण्टाघरको सुईपनि रोकिएको छ । घण्टाघरमा ११ बजेर ४१ मिनेट भएपछि घडीको सुइ रोकिएको हो । नगरवासीलाई एक सय २५ वर्षदेखि समयका सुचक पनि रोकिएको हो । चैत ६ गतेदेखि घडीको सुइ समेत घुमेको छैन् ।


घडी नियमित गराउन प्रत्येक हप्ता २ पटक दम दिनुपर्छ । घडीका एक मात्र जानकार गणेश सापकोटा लकडाउनको कारण घरमा नै थुनिएर बसेका छन् । उनी घण्टाघरमा आएर घडीमा दम दिननसक्दा घडी यतिखेर स्थिर भएको हो । घडीमा दम दिन पेन्डुलम चलाउन तथा मिनेट र घण्टा बताउने ५ वटा घण्टी बजाउन तीन ठाउँमा नियमित दम दिनुपर्छ । त्यो दम दिन नसक्दा घडीको सुई स्थिर भएको हो ।

1

Scroll to Top