बैशाख ६,
कोरोना भाइरसका कारण भारतीय नौसेना पनि प्रभावित भएको खवर बाहिर आएको छ । भारतीय नौसेनाका २१ सदस्य कोरोना पोजेटिभ भएको हो । सबैलाई मुम्बईको कोलाबास्थित नौसेना अस्पताल आईएनएचएस अश्विनीमा भर्ना गरिएको छ । स्थल सेनापछि नौसेनामा पनि कोरोना संक्रमण पाइएको हो । नेभीका अनुसार यी सबै एक नाविकको सम्पर्कमा आएका थिए । जो ७ अप्रिलमा गरिएको परीक्षणमा कोरोना संक्रमित पाइएका थिए ।
नेभीका अनुसार जहाज र पनडुब्बीमा कोही पनि कोरोना संक्रमणको केस आएको छैन । नौसेनाले समाचार एजेन्सी एएनआईलाई बताए अनुसार मुम्बईस्थित नौसेना परिसरमा २१ जना नेभी सदस्यलाई कोभिड–१९ पोजेटिभ पाइएको हो । यसमा नौसेना बेस आईएनएस आङ्ग्रेका २०ण् नाभिक सामेल छन् ।
यी सबै आईएनएस–आङ्ग्रेमा रहेका थिए । नौसेनाका अधिकारीले नौसेनाका संक्रमितको सम्पर्कमा आएकाहरुको खोजी गरिरहेको छ । अधिकारीले नौसेनाको ड्युटी लगाइएका स्थानको पनि पहिचान गरेर सेनिटाइज गरिँदैछ । आईएनएस आङ्ग्रेलाई सिल गरिएको छ । सबै आवासीय ब्लकका मानिसलाई क्वारेन्टाइनमा लगिएको छ । एजेन्सी


