दूरपश्चिम प्रदेशमा आरडीटी जाँचमा २ जनाको रिपोर्ट पोजेटिभ आएको छ । सामाजिक बिकास मन्त्रालय अन्र्तगत स्वास्थ्य निर्देशनालय डोटीले कोरोना भाइरस मिडिया ब्रिफिङ्गमा बताएअनुसार आरडीटी जाँचवाट २ जनाको रिपोर्ट पोजिटिभ आएको हो । सामाजिक विकास मन्त्रालयका जनस्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र सिह कार्कीले जानकारी दिए ।
अर्का व्यतिmको भने रिपोर्ट नेगेटिभ देखिएको हो । आरडीटी किट बाट एकै दिनमा ५९८ जनाको चेकजाँच गरिएको र सवैको रिपोर्ट नेगेटिभ आएको हो ।
अहिले ९ वटै जिल्लामा आरडीटी चेकजाँच भइरहेको र अहिलेसम्म ६१७७ जनाको चेकजाँच गर्दा ६१७५ जनाको रिपोर्ट नेगेटिभ आएको कार्कीले बताएका छन् ।
अझै १०५९८ आरडिटी किट स्टक रहेको उनले वताए । त्यसैगरी क्वारेन्टाईनमा १४९० मध्य १३३३ जना पुरुष र १५७ जना महिला रहेको उनले बताए ।
आइसोलेसन वार्डमा ६ जनाको उपचार भइरहेको र ९८ जना भने सामान्य उपचारपछि घर फर्किसकेका छन् । धनगढीमा स्थापना गरिएको पिसिआर मेसिनबाट अहिलेसम्म २७२ वटा जाँच भइसकेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । ५ जना पोजेटिभ मध्ये एक जना निको भएर घर गइसकेका छन् भने ४ जनाको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । उनीहरुको स्वास्थ्य अवस्था सामान्य नै रहेको अस्पतालले जनाएको छ ।


