Banijya News

समाजवादी पार्टी फुटको संघारमा, ८ सभासद सहित रेणु बाहिरिने

1
1.1K Shares

बैशाख १०, काठमाण्डौ –
प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक दलसम्बन्धी नयाँ अध्यादेश ल्याएलगत्तै चर्चामा समाजवादी पार्टी थियो । केही महिना अगाडि मात्र सत्ताबाट बाहिरिएको समाजबादी पाटीमाथि प्रधानमन्त्री केपी ओलीको आँखा परेको चार्चा थियो । अझ राजनीतिक दल सम्बन्धित नयाँ अध्यादेशले संसद या केन्द्रीय समिति जुनसुकैमा ४० प्रतिशत भए पुग्ने उल्लेख गरेपछि यसले समाजवादी पार्टीमा फुटलाई अझ प्रश्रय दिएको चर्चा थियो । नभन्दै त्यो प्रभाव यतिखेर समाजबादी पाटीमा परेको चर्चा छ ।


समाजवादी पार्टी फुट्नको अन्तिम अवस्थामा पुगेको विस्वस्त स्रोतले दाबी गरेको छ । रेणु यादव नेतत्वमा ८ सांसदले पार्टी फुटाउन लागेका हुन् । पार्टी फुटाएर नयाँ दल दर्ता गर्न ८ सांसदको हस्ताक्षर तयार भइसकेको छ । कुल १६ जना सांसद रहेकोमा ८ जना मात्र विभाजन भएमा ५० प्रतिशत पुग्ने र नयाँ दल समेत हुने भएकोले गर्दा पाटी विभाजनको अन्तिम अवस्थामा पुगेको स्रोतले दाबी गरेको छ ।


फुटाउने हस्ताक्षर गर्ने सांसदहरुमा रेणु यादवसहित मोहम्मद इस्तियाक राइ, विमलप्रसाद श्रीवास्तव, सुर्यनारायण यादव, कुलदेवी विश्वकर्मा रुही नाज, डा. सुरेन्द्रकुमार यादव, लगायत रहेको स्रोतले खुलासा गरेको छ । उनीहरुले हस्ताक्षरसहित नयाँ दल दर्ताको लागि निर्वाचन आयोगमा जाने भएका छन् ।

संसदीय दलमा समाजवादी पार्टीमा प्रतिनिधिसभा सदस्य १५ जना रहेका छन्, भने राष्ट्रियसभामा १ सदस्य छन् । प्रतिनिधिसभामा ६ सदस्य भएमा ४० प्रतिशत पुग्छ । राष्ट्रियसभा सदस्य समेत जोड्दा ७ जना पुग्नुपर्छ । समाजवादी पार्टीमा सांसद रहेकामा डा. बाबुराम भट्टराई, उपेन्द्र यादव, राजेन्द्रप्रसाद श्रेष्ठ, मोहम्मद इस्तियाक राइ, उमाशंकर अरगरिया, रुही नाज, रेणुकुमारी यादव, रेणुका गुरुङ्ग, डा. सुरेन्द्रकुमार यादव, कुलदेवी विश्वकर्मा, प्रदीप यादव, विमलप्रसाद श्रीवास्तव, रामबाबुकुमार यादव, रामसहायप्रसाद यादव, डा. सुर्यनारायण यादव र राष्ट्रियसभामा प्रमिला कुमारी छन् ।

1

Scroll to Top