Banijya News

मन्त्रीपरिषद निर्णयः उद्योग, विकास निर्माणका काम देखि सेवा क्षेत्र खुल्ला गर्ने तयारी

1
1.1K Shares

११ वैशाख, काठमाडौं ।
सरकराले असंगठित क्षेत्रमा कार्यरत श्रमिकहरुलाई काममा आवद्ध गर्न आधारभूत उद्योग, विकास निर्माणका काम र केही सेवा क्षेत्रहरु खुला गर्ने तयारी गरेको छ । विश्व कोरोना महामारीको रुपमा फैलिएको कोरोना संक्रमणको जोमिख नेपालमा पनि रहेकाले लक डाउन खोल्ने निर्णय एकपक्षीय रुपमा गर्न नसकिने अवस्था रहेको समय सरकारले असंगठित क्षेत्र खोल्ने तयारी गरेको हो ।


सरकारले छिमेकी मुलुकहरुमा कोरोना भाइरसको जोखिमको अवस्था हेरेरमात्र लक डाउनका खोल्ने तयारी गरेको छ । छिमेकी मुलुकहरुमा कोरोना नियन्त्रण र जोखिमको अवस्था हेरेर लक डाउन खोल्ने÷नखोल्ने विषयमा निर्णय हुने सरकारका प्रवक्ता समेत रहेका अर्थ र सञ्चार तथा सूचनाप्रविधिमन्त्री डा. युवराज खतिवडाले बताए ।


लुकिछिपी नेपाल आउनेका कारण पनि नेपालमा कोरोना संक्रमणको जोखिम बढेको उनको तर्क थियो । छिमेकी मुलुकमा कोरोना रोकथामको प्रयास र नेपालमा स्वास्थ्य उपचारको पूर्व तयारी, स्वास्थ्य परीक्षणका विधिहरु, उपकरण तथा स्वास्थ्यकर्मी अवस्थालाई ध्यानमा राखेर लक डाउन खुलउँने तयारी भएको उनले बताए ।


यसैगरी जन स्वास्थ सेवा एन २०७५ अन्र्तगत पशु क्वरेनी निकाएको अनुसन्धान तहकिकात गर्नका लागि ७७ वटै जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारिलाई अनुसन्धान गर्ने अधिकारी तोक्ने निर्णय पनि बैठकले गरेको छ । विश्व बैंक समुहको अन्राराष्ट्रिय विकास संस्था बाट १० करोड अमेरिकी डलर रिन सहायता स्वीकार गर्ने निर्णय भएको छ ।


अख्तियार दुरुपयोग अनुसन्धान आयोग र मालपोत कार्यालयको संगठन समरचना र दरबन्दी स्वीकृत गर्ने निर्णय पनि बैठकले गरेको छ । यसैगरी लिखु जातजाति तथा आयोजनाबाट उत्पादित विद्युतलाइ न्यु खिम्ती सबस्टेसनसँग जोड्ने विषयमा केन्द्रीय प्रशारण लाइनलाई रामेछाप र दोलखाका ७ वटा सामुदायिक वन प्रयोग गर्ने तथा नेपाल बाल संगठन र बालमन्दिरसँग सम्बन्धी उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २०७७ बैशाख २० गते देखी १ महिना थप्ने निर्णयपनि बैठकले गरेको छ ।

1

Scroll to Top