बैशाख १२, काठमाण्डौ–
विभिन्न देशमा रहेका आफ्ना विद्यार्थी स्वदेश फिर्ता गर्दे गरेको श्रीलकाले आज नेपालमा रहेका विद्यार्थी समेत फिर्ता गरेको छ ।
श्रीलङ्काले नेपालमा रहेका आफ्ना ७६ जना विद्यार्थी लाई स्वदेश फर्काएको हो । श्रीलङ्कन एअरको जहाज नेपालबाट आफ्ना विद्यार्थी बोकेर कोलम्बोतर्फ लागेको त्रिभुवन विमान स्थलले जनाएको छ ।


