Banijya News

सरकारको दोस्रो राहात प्याकेजः कर जेठ २५ सम्म तिर्दा हुने देखि घरभाडाको मिति सार्नेसम्म

1
1.0K Shares


वैशाख १८, काठमाडौं ।
सरकारले चैत र वैशाख महिनामा भुक्तानी गर्नुपर्ने अधिकांश करको भुक्तानी गर्ने समयावधि २५ जेठसम्मका लागि बढाएको छ । बिहीबार मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्दै सूचना तथा सञ्चारमन्त्री डा.युवराज खतिवडाले सरकराले दोस्रो पल्ट निणर्य गर्दे समय थप गरेको बताएका छन् । सरकारको नयाँ निर्णयसँगै अव जेठ २५ सम्म चैत र बैंशाखको कर तिरे हुन्छ ।


सरकारले आर्थिक ऐन, २०७६ को दफा १९ ले दिएको अधिकार प्रयोग गरी मूल्य अभिवृद्धि कर (भ्याट) विवरण बुझाउने समय थपेको हो । २०७६ को माघ÷फागुन र दोस्रो चौमासिक अवधिको मूल्य अभिवृद्धि कर विवरण तथा ती विवरणबमोजिमको कर दाखिला गर्ने म्याद थपेको हो ।
अन्तःशुल्क ऐन, २०५८ बमोजिम २०७६ साल फागुन र चैत महिनाको बुझाउनुपर्ने विवरण तथा विवरणबमोजिमको अन्तःशुल्क दाखिला गर्ने म्याद जेठ २५ गतेसम्म थप गर्ने भएको छ ।
साथै, आयकर ऐन, २०५८ बमोजिम २०७६ साल फागुन र चैत्र महिनाको बुझाउनुपर्ने अग्रिम कर कट्टी र अग्रिम कर असुलीको विवरण बुझाउने म्याद तथा ती विवरणबमोजिमको कर दाखिला गर्ने म्याद पनि जेठ २५ गतेसम्म थप गरिएको छ ।

शिक्षा सेवा शुल्क, टेलिफोन स्वामित्व शुल्क, दूरसंचार सेवा दस्तुर लगायतका दस्तु तथा शुल्क दाखिलाको मिति समेत जेठ २५ गतेसम्म नै कायम गरिएको छ । 
सरकारले लकडाउन अबधिभर शहरी क्षेत्रमा घरभाडामा बस्नेसँग भाडा नमाग्न सबै घरधनीलाई आग्रह गरेको छ । सरकराले विपतको बेला आर्थिक आयस्रोत गुमाएका भाडावालाहरुसँग घरभाडा नमाग्न घरधनीहरुलाई आग्रह गरेको छ ।


सरकारले अब जागिर नभएका वेरोजगार नागरिकका परिवारलाई मात्रै राहत दिने भएको छ । नयाँ व्यवस्था लागु गर्दै परिवारका कुनै पनि सदस्य स्वरोजगार वा रोजगारीमा नभएका परिवारलाई मात्रै राहत दिने निर्णय गरेको हो । रोजगारीमा भएका वा स्वरोजगार रहेको परिवारले राहत लिएमा सरकारी बाँकी सरह असुल उपर गर्ने र त्यस्तो राहतदिन सिफारिस गर्ने वडा अध्यक्ष वा कर्मचारीलाई कारवाही गर्ने निर्णय पनि गरेको छ ।

1

Scroll to Top