Banijya News

रहिनन् रेडियो नेपालकी प्रथम गायिका रानुदेवी अधिकारी

1
1.0K Shares

वैशाख १९, काठमाडौं ।
रेडियो नेपालकी प्रथम गायिका रानुदेवी अधिकारीको ८४ वर्षको उमेरमा गएराति निधन भएको छ । उनका छोरा अविन अधिकारीका अनुसार उनको गए राति निधन भएको हो ।


उनले रेडियो नेपालको स्थापना कालदेखि नै आफ्नो सुरिलो स्वर दिएकी थिइन् । रानुदेवीले १६ वर्षको उमेरमै ‘नेपाली अघि बढौं हातमा क्रान्ति झण्डा लिई, क्रान्ति झण्डा लिई,… नामको गीत गाएकी थिइन् ।


उक्त गीतका शब्द र संगीत तारिणीप्रसाद कोइरालाको थियो । तारणाीप्रसाद बीपी कोइरालाका भाइ हुन् । क्रान्तिमा होमिएको काँग्रेसका पक्षमा गीत गाउँनु जोखिमपूर्ण थियो । त्यसबेला बिराटनगरमा एउटा तबला बजाउने मान्छे पनि थिएनन् ।


उनका छोरा अविन र छोरीहरू अर्चना तथा अल्पना छन् । पिता ईश्वरीप्रसाद उपाध्याय र माता इन्दिरा उपाध्याय (पौडेल) को कोखबाट उनको जन्म सन् १९३६ नोभेम्बर २७ का दिन वीरगञ्जमा भएको थियो । उनको बाल्यकाल बनारसमा बित्यो भने उनको विवाह २००६ सालमा बिराटनगरका तीर्थप्रसाद अधिकारीसँग भएको हो ।

1

Scroll to Top