Banijya News

थप दुई जनामा देखियो कोरोना, संक्रमितको संख्या ५९ पुग्यो

1
1.1K Shares

नेपालमा आज थप दुई जनामा कोरोना संक्रमण भेटिएको छ। रुपन्देहीका २५ वर्षका पुरुष र बाँकेकाे नेपालगंजका ६० वर्षका पुरुषमा काेराेनाकाे संक्रमण देखिएकाे हाे।

आज नयाँ पुष्टि भएकामध्ये एकजना रुपन्देहीका २५ वर्षीय पुरुष र नेपालगञ्ज, बाँके निवासी ६० वर्षीय पुरुष रहेको मन्त्रालयले जनाएको छ।

उनीहरु दुवै जनाकाे स्वास्थ्य अवस्था सामान्य रहेकाे र स्वास्थ्यकर्मीकाे निगरानीमा रहेकाे स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले बताए। योसँगै देशभर संक्रमित हुनेको संख्या ५९ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

1

Scroll to Top