Banijya News

सरकारद्वारा लिम्पियाधुरासहितको नयाँ नक्सा पारित

1
1.1K Shares

सरकारले लिम्पियाधुरासहितको भूमि समेटेर तयार पारेको नक्सा पारित गरेको छ ।
मन्त्रिपरिषद्को सोमबारको बैठकले लिम्पियाधुरासहितको नक्सा पारित गरेको एक मन्त्रीले जानकारी दिए । लिम्पियाधुरासहितको नेपालको नक्सा पारित गर्न भूमि व्यवस्था मन्त्री पद्मा अर्यालले मन्त्रीपरिषदमा प्रस्ताव पेस गरेकिथिइन ।

भारतले आफ्नो नक्सामा लिम्पियाधुरा समेटेको र लिपुलेक हुँदै सडक खनेकोमा मन्त्रीपरिषदले आपत्ति जनाएको छ । सुगौली सन्धि र अरु दस्तावेजले लिम्पियाधुरा नेपालमै पर्ने सरकारले जनाएको छ । राष्ट्रपतिद्वारा जेठ २ गते प्रस्तुत सरकारको नीति तथा कार्यक्रममा पनि सरकारले भारतले अतिक्रमण गरेको सो नेपाली भूमि फिर्ता ल्याउने घोषणा गरेको थियो। राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै लिम्पियाधुरा, कालापानी र लिपुलेकमा अतिक्रमित नेपाली भूमि फिर्ता ल्याउन पहल गरिने बताएकी थिइन्।

साथै सरकारले लिम्पियाधुरा लगायतको क्षेत्र समेटेर तत्काल नयाँ नक्सा पनि जारी गर्ने भण्डारीले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा समेटिएको छ। सोही अनुसार सरकारले नयाँ नक्सा सार्वजनिक गरेको हो ।

1

Scroll to Top