झापामा थप एक जनामा कोरोना संक्रमण देखिएको छ । भारतबाट जेठ २ गते नेपाल प्रवेश गरेका एक युवामा कोरोना संक्रमण देखिएको हो । सोमबार मोरङको कोसी अस्पतालमा गरिएको परीक्षणमा झापाको कचन कवल गाउँपालिकाको क्वारेन्टिनमा रहेका युवामा कोरोना पुष्टि भएको हो ।
उनलाई कोरोना विशेष अस्पताल मोरङ लैजाने तयारी गरिएको
छ । यसअघि प्रदेश १ कै मोरङमा पनि एक जनामा कोरोना संक्रमण देखिएको थियो ।
योसँगै सोमबार मात्रै ६३ जनामा कोरोना पुष्टि भएको हो । नेपालमा कोरोना संक्रमितको संख्या ३ सय ५८ पुगेको छ ।


