Banijya News

माथिल्लो अरुण निमार्णको लागि विश्वबैंकसित उर्जा मन्त्रीको भिडियो वार्ता

1
1.1K Shares


सरकराले नीति तथा कार्यक्रममा अर्धधलाशययुक्त माथिल्लो अरुण आयोजना निमार्ण गर्ने उद्धेश्य राखिेपछि ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयले विश्व बैंकलाई प्रस्ताव गरेको छ । १ हजार ४० मेगावाटको आयोजना माथिल्लो अरुणमा लगानी गर्नका लागि विश्व बैंकका नेपाल निर्देशक फारिस जार्भोससँग आज भएको छ । उर्जा मन्त्री वर्षमान पुनले आयोजनामा लगानीको लागि सो भिडियो कलमा प्रस्ताब गरेका हुन् ।
मन्त्री पुनले सरकारले यो आयोजनालाई उच्च प्राथमिकतामा राखेको भन्दै वित्तीय व्यवस्थापनको नेतृत्व लिन विश्व बैंकलाई आग्रह गरका हुन् । माथिल्लो अरुणको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) पनि विश्व बैंकको सहयोगमा भइरहेको छ । डीपीआर तयारी अन्तिम अवस्थामा पुगेको छ ।

विश्व बैंकका नेपाल निर्देशक फारिद जार्भोसले प्रस्तावलाई उच्च व्यवस्थापनसम्म र्पुयाउने प्रतिबद्धता जनाएको मन्त्री पुनको सचिवालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ । सरकारले नेपाल विद्युत प्राधिकरण मार्फत कम्पनी मोडेलमा माथिल्लो अरुण जलविद्युत आयोजना निर्माण अघि बढाउने सैद्दान्तिक निर्णय यसअघि नै गरिसकेको छ ।

1

Scroll to Top