Banijya News

थप १७ जनामा कोरोना, जम्मा संख्या ४४४ पुग्यो

1
1.1K Shares

०८ जेष्ठ, काठमाण्डौ ।

झापा, धनकुटा र सुनसरी जिल्लामा थप १७ जना कोरोना भाइरसका संक्रमित फेला परेका छन्। स्वास्थ्य मन्त्रालयद्वारा जारी विज्ञप्तीअनुसार झापाको कचनकवल गाउँपालिकाका १५ जना पुरुषहरुमा संक्रमण देखिएको हो।  यसैगरी धनकुटा निवासी ३४ वर्षीय पुरुष र सुनसरीको धरान उपमहानगरपालिका निवासी ५१ वर्षीया महिलामा पनि कोराना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यससँगै नेपालमा कोरोना संक्रमण पुष्टि भएकाहरुको संख्या ४ सय ४४ पुगेको छ ।

उनीहरुको स्वास्थ्य हालसम्म सामान्य रहेको र सबै स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

1

Scroll to Top