नेपालमा थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवा, भरतपुर अस्पताल कोभिड-१९ प्रयोगशालामा गरिएको परीक्षणमा थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज बिहान जारी गरेको विज्ञप्ति अनुसार काठामाडौंमा थप एक जना संक्रमित भेटिएका छन्। कपिलबस्तु बाढगंगामा ८ जना, सर्लाहीको गोडैत, कविलासीमा १३ जना, बाराको करैयामाईमा १ जना, रुपन्देहीको गैडहवा र रोहिणीमा गरी ८ जना, चितवनमा एक जना नयाँ संक्रमित थपिएका हुन्।


