अर्थमन्त्रालये बजेट भाषणपछि सर्बजनिक गर्ने रातो किताप छपाई बुधवार विहानबाट शुरु भएको छ । आर्थिक बार्ष २०७७र७८ को बजेटको रातो किताब छपाईका लागि अर्थसचिव शिशिर कुमार ढुंगानाको नेतृत्वमा ५० जनाको समुहले मुद्रण विभागमा छपाई कार्य शुरु गरेको अर्थमन्त्राय स्रोतले भनेको छ । स्रोतका अनुसार अधिल्ला बर्षमा १५ सय प्रति रातो किताब छापिने गरेकोमा यो बर्ष कारोना संक्रमणका कारण मात्र ५ सय प्रति छाप्न अर्थले मुद्रण विभागलाई निर्देशन दिएको छ ।
आगामी आर्थिक वर्षको बजेट बिहीवार अपराह्न ४ बजे संद्यिय संसदको दुबै सदनको संयुत्त बैंठकमा पेस हुँदैछ । उत्त समय सम्मा रातो किताब समेत छपाई भैसक्ने छ ।
उच्च सर्तकता अपनाईएको छपाई कार्यमा भित्र काम गर्दे सबैजसोलाई पीपीई सेट उपलब्ध गराईएको छ । उनीहरुको खाना बस्न देखि सबै आवश्यक पर्ने कुरा विभागभित्रै ब्यावस्था गरिएको छ । बजेट गोपनीयता राख्न असाई नेतृत्वको प्रहरी टोली खटाईएको छ भने कुनै पनि कर्मचारीले मोबाइल बोक्न दिइएको छैन । छपाईमा सामेल सबै कर्मचारीलाई भोलि अर्थमन्त्री युवराज खतिवडाले संसदमा बजेट प्रस्तुत गरेपछि मात्रै विभागबाट बाहिर निस्किन दिइने छ ।


