Banijya News

कोरोनाका कारण ललितपुरको किष्ट अस्पतालमा ५९ वर्षीय पुरुषको मृत्यु

1
1.0K Shares

१४ जेठ, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) का कारण ललितपुरमा १ जनाको मृत्यु भएको छ । ५७ बर्षिय मृतक ललितपुरको भैंसेपाटीका स्थायी निवासी हुन् । उनको बुधबार दिउँसो ४ बजेर ५ मिनेटमा किस्ट अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । कारोनाको आशंकामा स्वाब संकलन गरेर राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पीसीआर टेस्ट गराउँदा कोरोना पोजेटिभको रिपोर्ट आएको अस्पताल स्रोतले बताएको छ ।

मृतक लिभरसम्बन्धी रोगबाट लामो समय देखि ग्रस्त थिए । अल्कोहलिक लिभर डिजिज भन्दै उनलाई ११ गते पाटन अस्पताल लगिएको थियो । तर आईसीयू नभएको भन्दै किस्टमा रिफर गरिएको थियो । अस्पतालले सोही रात आईसीयूमा राखेर उपचार गरेपनि बिहान स्वास्थ्यमा समस्या आएपछि भेण्टिलेटरमा सारिएको थियो । ती चिकित्सकका अनुसार, कोरोना संक्रमणबाट ज्यान गुमाएका ती व्यक्तिको शव अहिले शवगृहमा राखिएको छ ।

कोरोना भाइरसबाट नेपालमा पाँचौं व्यक्तिको मृत्यु भए पनि औपचारिक घोषणा गरिएको छैन् । यसअघि सिन्धुपाल्चोक, गुल्मी, बारा र बाँकेका १–१ जनाको मृत्यु भइसकेको स्वास्थ्य मन्त्रालयले यस अगाडि नै पुष्टी गरिसकेको छ ।

1

Scroll to Top