मदन भण्डारी राजमार्गका लागि गत वर्षभन्दा बजेट घटेको छ । तत्कालीन एमाले महासचिव मदन भण्डारीका नाममा राजमार्ग निर्माणका लागि ३ अर्ब रुपैयाँ बजेट विनियोजन गरिएको छ । उत्त राजमार्ग निमार्णका लागि चालू वर्षमा ४ अर्ब ८३ करोड रुपैयाँ बजेट विनियोजन गरिएको थियो ।
आर्थिक वर्ष २०७५÷०७६ को बजेटबाट नै यो कार्यक्रम अघि बढाउनका लागि बजेट विनियोजन गरिएको थियो । पुष्पलाल राजमार्गका लागि ८ अर्ब, पूर्व–पश्चिम राजमार्गका लागि १२ अर्ब २१ करोड रुपैयाँ विनियोजन गरिएको छ । तराई–मधेस द्रुत मार्गका लागि ८ अर्ब ९३ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ ।
त्यस्तै रेल मार्गका लागि सरकारले ८ अर्ब बजेट विनियोजन गरेको छ । सरकराले पूर्वपश्चिम विद्युतीय रेलवे लाइन निर्माण अघि बढाउने भएको छ । रेल मार्ग निर्माणका लागि ८ अर्ब बजेट विनियोजन गरिएको छ । चालू वर्षमा १ खर्ब ६३ अर्ब ५२ करोड रकम विनियोजन गरिएको थियो ।
सरकारले अन्तरारिाष्ट्रय विमानस्थल निर्माणका लागि साढे १९ अर्ब रुपैयाँ विनियोजन गरेको छ । आगामी आर्थिक वर्षका लागि बजेट घोषणा गर्दै अर्थमन्त्री युवराज खतिवडाले अन्तराष्ट्रिय विमानस्थल निर्माणका लागि १९ अर्ब ४२ करोड रुपैयाँ विनियोजन गरिएको छ । उनले बाराको निजगढमा निर्माणाधीन दोस्रो अन्तराष्ट्रिय विमानस्थल र पोखरा क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थल लगायतका आयोजनामा यो रकम खर्च गरिने बताए ।
‘निजगढ अन्र्तराष्ट्रिय विमानस्थल आयोजना निर्माणका लागि बस्ती स्थानान्तरण लगायतको कामका लागि आवश्यक बजेट विनियोजन गरेको छु’, अर्थमन्त्री खतिवडाले भने ।


