Banijya News

धनुषाको जटही र खजुरी नाका शुक्रबारदेखि अनिश्चितकालका लागि बन्द

1
1.0K Shares

भारतबाट नेपालीलाई भित्रिनका लागि खुला गरिएको धनुषाको जटही र खजुरी नाका शुक्रबारदेखि अनिश्चितकालका लागि बन्द गरिने भएको छ । जिल्ला प्रशासन कार्यालय धनुषाले सीमानाकाबाट आवतजावत पूर्णरूपमा बन्द गरेको हो । भारतबाट नेपाल भित्रिने नेपालीको चाप एकाएक बढ्न थालेपछि प्रशासनले धनुषाको दुवै नाकामा क्वरेन्टीनसहित अन्य व्यवस्थापन गरेर फेरि नाका सञ्चालनमा ल्याउनको लागि नाका बन्द गरिएको हो ।


नेपाल–भारत सीमावर्ती क्षेत्र नाका हुँदै नेपाल भित्रिनका लागि सरकारले सबै नाका खुला राखे पनि धनुषाको नाका बन्द गरेको सहायक प्रमुख जिल्ला अधिकारी शरद पोखरेलले जानकारी दिए । सहायक प्रजिअ पोखेरलले सङ्घीय सरकारको निर्णयानुसार जिल्ला प्रशासन कार्यालय धनुषाले जटही र खजुरीको नाका बन्द गरेको हो । सीमानाका बन्द भएपछि अब धनुषावासीले महोत्तरीको मुख्यनाका भिठ्ठामोड र सिरहाको माडर नाकाबाट आउन सक्ने छन् ।

1

Scroll to Top