Banijya News

विदेशबाट फर्केका नागरिकलाई स्थानीय तहसम्म र्पुयाउने जिम्मा नेपाली सेनालाई

1
1.0K Shares

सरकारले विदेशबाट फर्केका नागरिकलाई सम्बन्धित स्थानीय तहसम्म र्पुयाउने जिम्मा नेपाली सेनालाई दिइने भएको छ । त्रिभुवन अन्तर्राराष्ट्रिय विमानस्थलबाट होल्डिङ सेन्टर र त्यहाँबाट सम्बन्धित जिल्लासम्म र्पुयाउने जिम्मा नेपाली सेनालाई दिइएको हो । सेना परिचालनका लागि राष्ट्रिय सुरक्षा परिाषदले पारित गरेको मापदण्डलाई मन्त्रिपरिषदले स्वीकृत गरी राष्ट्रपति कार्यालय पठाएको छ । आज प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेर मन्त्रिपरिषदको सिफारिस पेस गरे पनि राष्ट्रपतिबाट सेना परिचालनको निर्णय भने भइसकेको छैन ।
यसका लागि आवश्यकता अनुसार सेनालाई ब्यारेक बाहिर निस्कन सुरक्षा परिषदले बाटो खोलिसकेको छ । सेनाले यसअघि देखि नै कोरोना संक्रमणसँग सम्बन्धित जोखिम व्यवस्थापनको काम गरिरहेको भएपनि यसरी छुट्टै जिम्मा दिइएको थिएन ।


यस्तै आफ्नै खर्चमा होटलमा बस्छु भन्नेहरुका लागि होटलको व्यवस्था पर्यटन मन्त्रालय र नेपाली सेनाको समन्वयमा स्थानीय प्रशासनले गर्नेछन् । सरकारले तोके अनुसार क्वारेन्टिनमा बसिसकेपछि कोरोना परीक्षण गरिने छ । रिपोर्ट नेगेटिभ आएपछि पनि निश्चित समयका लागि होम क्वारेन्टिनमा बस्नु पर्ने छ ।


सुरक्षा परिषदले क्वारेन्टाइनमा रहेका, आइसोलेसनमा रहेका र कोरोनाबाट मृत्यु भएका व्यक्तिको शव व्यवस्थापनको जिम्मा सेनालाई दिने गरी मापदण्ड बनाएको छ । सशस्त्र र नेपाल प्रहरीले मात्र कोरोना नियन्त्रण र रोकथामको प्रयास पूरा नभएपछि सेना परिचालन गर्ने निर्णय भए पनि सेना फ्रन्टलाइनमा भने हुनेछैन् ।

1

Scroll to Top