Banijya News

बाबा रामदेबको कम्पनी पतञ्जलि आयुुर्वेदका सामाना बिक्री गर्ने धन्यन्तरीलाई २ लाख जरिवाना

1
1.0K Shares

भारतका ख्यातिप्राप्त योगबाबा रामदेवको आयुुर्वेद सामानहरु बिक्री एक पसल कारवाहीमा परेको छ । काठमाण्डौको हाँडीगाउँमा सामान विक्री गर्ने धन्यन्तरी टेडर्सलाई सरकारले २ लाख रुपैयाँ जरिवाना तिराइएको छ । बिल बिजक जारी नै नगरी पतञ्जलि आयुुर्वेदका सामानहरु बिक्री गरेको ठहर गर्दै वाणिज्य आपूूूर्ति तथा उपभोक्ता संरक्षण विभागले उक्र जरिवाना तिराइएको हो ।


उपभोक्ता संरक्षण ऐन २०७५ को १६ (२) (ञ) बमोजिम अनुुचित व्यापारिक क्रियाकलाप गरेकोले २ लाख रुपैयाँ जरिवाना तिराइएकोे जनाएको छ । विभागका सूचना अधिकारी रवीन्द्र आचार्यका उपभोक्ता संरक्षण ऐन २०७५ बमोजिम कारवाहीस्वरुप रु २ लाख जरिवाना गरिएको हो । ‘उपभोक्ताको गुनासोपछि अनुगमनका लागि हामी पसल पुगेका थियौँ, अनुगमन टोलीले नै बिल बिजक जारी नै नगरी मूल्य लिएको भेटेपछि कारवाही गरिएको हो’ उनले भने । 

1

Scroll to Top