२० जेठ, काठमाडौं ।
चीनको वुहानमा एक चिकित्सकको ज्यान गएको छ । कोरोना भाइरस ‘कोभिड १९’ को संक्रमणबाट वुहानका चिकित्सक डा.हु वेइफेङको आइसियूमा उपचार गर्दागर्दै मृत्यु भएको हो ।
उनलाई गत महिनादेखि इन्टेन्सिभ केयरमा राखेर उपचार सुरु गरिएको थियो। डाक्टर वेइफिङ कोरोनाको उद्गमस्थल वुहानमा कार्यरत थिए।
ग्लोबल टाइम्सका अनुसार कोरोना भाइरसको कारण उनको कलेजोको काम गर्न छाडेको थियो । कलेजोले काम गर्न छाडेसँगै उनको अनुहार कालो हुँदै गएको थियो ।
कोरोना भाइरसका कारण मर्ने उनी उक्त अस्पतालका छैठाैँ डाक्टर हुन्। त्यहाँ रहेका करीब २३० बढी कर्मचारीहरु पनि कोरोनाबाट संक्रमित रहेका छन्।


