कञ्चनपुरको पुनर्वास नगरपालिकामा एकजना स्वास्थ्यकर्मीलाई कोरोनाको संक्रमण पुष्टि भएको छ । भारतबाट आएर क्वारेन्टाइनमा रहेका व्यक्तिहरुको स्वाब संकलन गर्ने र स्वास्थ्य उपचारमा संलग्न रहेका उनमा कोरोना संक्रमण भएको हो । स्वास्थ्य कार्यालय कञ्चनपुरका अनुसार संक्रमित स्वास्थ्य परीक्षणको क्रममा उनलाई समेत कारोना संक्रमण भएको देखिन्छ ।
उनलाई हाल उपचारका लागि सेती प्रादेशिक अस्पताल धनगढी लगिएको हो छ । नगरपालिकाका पाँचजना कोरोना ंसंक्रमितलाई एम्बुलेन्सको अभावमा क्वारेन्टाइनमै राखिएको हो । उनीहरुलाई बुधवार महाकाली अस्पतालको आइसोलेसनमा भर्ना गरिने तयारी गरिएको छ ।


