Banijya News

बाणिज्य महासंघले भोलिबाट सबै पसल तथा उद्योग खोल्ने

1
1.0K Shares

सरकारले व्यवसायीलाई राहत दिनुको साटो कर तिर्न ताकेता गरेको भन्दै नेपाल राष्ट्रिय बाणिज्य महासंघले भोलिबाट सबै पसल तथा उद्योग खोल्ने निर्णय गरेको छ । बुधबार महासंघले विज्ञप्ती जारी गर्दै बिहीबार बिहान ११ बजेसम्म सबै साना तथा ठूला उद्योग पसल खुला गरिने जनाएको हो । महासंघका अध्यक्ष नरेश कटुवालले उद्योगी व्यवसायीहरूलाई समस्या परिहरेका बेला सरकारले कर तिर्न समेत ताकेता गरिरहेको अवस्था छ । तर, लकडाउन खोल्ने विषयमा भने सरकारले कुनै तदारुकता देखाएको छैन । त्यसैले भोलिबाट व्यापार व्यवसाय सूचारू गर्ने बताए ।

७१ दिनदेखि जारी लकडाउनका कारण उद्योगव्यवसाय ठप्प हुँदा घरभाडा, बैंकको ब्याज किस्ता, कर्मचारीको तलव भत्ता भुक्तानी गर्न संकट परेको बताएका व्यवसायीले अब लकडाउन पालन गर्न नसक्ने बताउदै भोली सबै पसल खुल्ला गर्ने भएको हो ।


अझै यही तरहले ब्यापार ब्यावसाय बन्द गरेर बस्नुपर्ने भए उद्योगी र व्यवसायीहरूको रोजिरोटी गुम्ने महासंघले बताएको छ । व्यवसाय खुला गरे पनि न्यूनतम दूरी कायम गर्ने, माक्स तथा स्यानिटाइजर प्रयोग गरि मापदण्ड पालना गर्ने विज्ञप्तीमा उल्लेख छ । व्यवसायीले पसल व्यवसाय खुला गर्दा राज्यबाट बन्द गर्न दबाब आएमाा कर, घर भाडा बैंकको ब्याजदर र कर्मचारीको तलब भत्ताको जिम्मासमेत सरकारले लिनुपर्ने माग समेत राखेका छन् ।

1

Scroll to Top