Banijya News

बन्दाबन्दीमा नेपालबाट ८ हजार ५ सय ६३ जना विदेशी नेपालबाट बाहिरिए

1
1.0K Shares

कोरोना भाइरस महामारीका कारण जारी बन्दाबन्दीका समयमा नेपालबाट ८ हजार ५ सय ६३ जना विदेशी नेपालबाट बाहिरिएका छन् । विदेशमा रहेका १० जना नेपाली यो समय हवाई उडानबाट नेपाल फर्किएको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।
हिजोसम्म चार्टर्ड र कार्गो गरी १ सय १ उडान भएको प्राधिकरणले जनाएको छ ।

नेपालबाट बाहिरिनेमा जर्मनी, अमेरिका, अष्ट्रेलिया, नेदरल्याण्ड्स, फ्रान्स, क्यानडा, चेक रिपब्लिक, जापान, ब्राजिल, बंगलादेश, रुस, युएइ लगायत मुलुकका नागरिक बढी छन् ।
लकडाउनमा नेपालबाट भएका चाटर्ड उडानमा राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमसहित कार्गो, टाइटान, मेलिण्दो, सुडान, बुद्ध, ड्रुक, रोयल र हिमालय एयरलाइन्ससहित विभिन्न वायु सेवाले चाटर्ड उडान गरेका छन् ।
दुई महिनामा सबैभन्दा बढी अन्तर्राष्ट्रिय उडान नेपाल एयरलाइन्सले गरेको छ ।

त्यस्तै, नेपालबाट अन्तर्राष्ट्रिय उडान गर्ने निजी कम्पनी हिमालय एयरलाइन्सले चीनका विभिन्न गन्तव्यबाट स्वास्थ्य सामग्री ढुवानी ग¥यो । हिमालय एयरलाइन्सले चीनको बेइजिङ, ग्वाङ्जाओ, चाङसा, कुङमिङ लगायतका स्थानबाट स्वास्थ्य सामग्री ढुवानीको लागि चार्टड उडान गरेको हो ।
बेलायतबाट आएको टिटान एयरको तीन र दक्षिण कोरियाको कोरियन एयरले एक उडान गरे । त्यस्तै इत्तिहादले दुई र चेक रिपब्लिकनले एक उडान गरे ।

नेपालबाट विदेशी यात्रु लैजान कतार एयरवेजले ११ चार्टड उडान ग¥यो । त्यस्तै मलेसियाको मेलिण्दो एयरले एक, नेपालको श्री एयरलाइन्स सुडान, सिंगापुर गरी तीन चार्टड उडानबाट विदशी यात्रु पु¥याए ।

एयर अरेयिबा, एयर पाकिस्तान, एयर चाइना, एयर इन्डिया, इत्तिहाद, श्रीलंकन एयरवेज, टाइटन एयर, कोरियन एयरलाइन्स जर्नी एभिएसन, रोयल फ्लाई, चिनियाँ एयर फोर्स, मलेसियन एयरलगायतले नेपालमा बन्दको समय चार्टर उडान गरेर विभिन्न देशमा यात्रु पु¥याएका छन् ।

1

Scroll to Top