Banijya News

आर्थिक क्रियाकलापलाई चलायमान बनाउँने उच्चस्तरीय समितिको निर्णय

1
1.1K Shares

कोरोना रोकथाम तथा नियन्त्रण सम्बन्धि उच्चस्तरीय समितिको बैठकले आर्थिक क्रियाकलापलाई अझ खुकुलो बनाउँदै लैजाने निर्णय गरेको छ । शनिबार बसेको बैठकले क्रमशः आर्थिक क्रियाकलाप खुलुको बनाउदै लैजाने निणर्य गरेको हो ।


सरकराले बन्दाबन्दीको अवस्थालाई अझ सहज बनाउँदै लैजाने, आर्थिक क्रियाकलापहरु, औद्योगिक तथा निर्माणजन्य कलकारखाना तथा व्यवसाय सञ्चालन गर्ने र आधारभूत आवश्यकता पूरा गर्दै विकास निर्माणको काम अगाडि बढाउँने निर्णय गरेको हो ।


मन्त्रीपरिषदको बैंठक पछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव नारायणप्रसाद विडारी आर्थिक क्रियाकलाप खुलुलो बनाउँने निणर्य गरेको बताए । उनले भने, ‘बैंक, कृषिजन्य, अत्यावश्यक सेवा, अस्पताल सेवालगायतका सेवालाई क्रमशः सहजता दिलाउँदै अगाडि बढाउने निर्णय भएको छ ।’

यस अगाडि उच्च स्तरीय समन्वय समितिले जेठ २५ गतेदेखि लकडाउन खुकुलो बनाउन प्रस्ताव गरेको थियो । समितिको शुक्रबारको बैठकले कम्तिमा एक मिटर भौतिक दुरी कायम गर्ने र आवश्यक सरसफाइका प्रोटोकल पालना गर्दैै चरणबद्ध रुपमा लकडाउन खुकुलो बनाउने प्रस्ताव गरेको थियो । यसैलाई आधार मानेर समितिले आर्थिक गतिविधि बढाउने निर्णय गरेको हो ।

२५ गतेदेखि जिल्ला नकटने गरी सवारी साधनको क्षमताभन्दा आधा यात्रु राखेर छोटो दुरीका सवारी साधन चल्ने दिने प्रस्ताव गरेको छ । यस्तै असार १ गतेदेखि सबै प्रकारका उद्योग व्यवसाय र आन्तरिक हवाई सेवा सञ्चालनमा ल्याउन प्रस्ताव गरेको छ । जसमा यात्रु क्षमता भन्दा आधा मात्रै राख्नु पर्ने छ । आधा यात्रु राखेर लामो दूरीका सवारीसाधन चल्न दिने, निश्चित समय तोकी मदिराजन्य पदार्थको विक्री वितरण गर्ने पसल खोल्न समेत दिन प्रस्ताव गरेको थियो ।

1

Scroll to Top