२८ जेठ काठमाडौं ।
एनएमबि बैंकले नेपाली वित्तीय क्षेत्रमै पहिलो पटक एनएमबि बैंकमा भाइबर र फेसबुकबाट खाता खोल्न सकिने र नविकरण गर्न सकिने सेवा प्रस्तुत गरेको छ । ग्राहकवर्गलाई बैंकिङ्ग अनुभवहरु परिष्कृत भएको महसुस गर्न भाइबर र फेसबुक म्यासेन्जरकैे प्रयोगले खाता÷मुद्दती निक्षेप खोल्ने नवीनतम र सुविधाजनक सेवाहरु ल्याईएको हो ।
बैंकले भाइवर र फेसबुक मेसेन्जरमार्फत खोल्न सकिने खातामा पहिलोपटकको मोबाइल बैंकिङ कारोबारमा १० प्रतिशत छुट वा रु. ५०० सम्मको नगद फिर्ता योजना प्रस्तुत गरेको छ। दैनिक उपभोग्य बस्तुको भुक्तानी, टप–अप र स्क्यान टु पे भुक्तानीमा पनि छुट र नगद फिर्ताको व्यवस्था उपलब्ध छ ।
वर्तमान प्रतिकुल परिस्थितिमा पनि अतुलनीय सहजता, उच्च प्रतिफल र असिमित सुरक्षाको सुनिश्चितताको साथ ग्राहकवर्गको लागी छरितो वित्तीय सुविधाहरु बैंकले पस्किएको हो ।
डिजिटल बैंकिङ्ग सेवाको क्षितिज अभिवृद्धि गर्दै ग्राहकवर्गलाई सहजता प्रदान गर्नु बैंकको प्राथमिकता रहेको र घरबाटै आरामपूर्वक बैंकिङ्ग गतिविधिहरु रोज्न सक्ने उपयूक्त माध्यम निर्माण गर्ने कार्यदिशातर्फ उन्मुख रहेको बैंकले स्पष्ट पारेको छ।


