स्वयम्भूको छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालमा रातिको ड्युटीमा रहकेका सैनिक प्यूठ मृत्य भेछिएका छन् । उनले आफैले गोलीहानी गोली हानी आत्महत्या गरेका सेनाले बताएको छ । बैतडीको सुर्मा गाउँपालिका ५ घर भएका डम्बरबहादुर विष्टले बिहीवार राति आफैले बोकेको बन्दुकले आफैलाई प्रहार गरी आत्महत्या गरेका हुन् । दुर्गाबक्स गण नारायणहिटीमा दरबन्दी रहेका उनको बिहीवार रातिको ड्युटी थियो ।
’राति ड्युटीमा नै रहेको समयमा गोली हानी आत्महत्या गरेका रहेछन्,’ नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले भने ।
उनी अस्पतालमा नेपाली सेनाको थ्रड ग्रेड तालिम गरिरहेका थिए । अस्पतालको जेनेरेटर रहेको पोष्टमा ड्युटीमा रहेको समयमा १२ बजेतिर गोली प्रहार गरी उनले आत्महत्या गरेका पाण्डेले जानकारी दिए ।


