Banijya News

भारतमा कोरोनाको महामारी प्रतिदिन बढ्दै, खरावको सूचीमा विश्वकै चौंथो स्थानमा

1
1.1K Shares

विश्वब्यापी कोरोना महामारीको प्रभाव भारतमा प्रतिदिन बढ्दै गएको छ । भारतमा पछिल्ला दिनमा कोरोनाको प्रभाव रात दिन दुई गुण रात चौंगुण बृद्धि हुदै गएको छ । यतिखेर कोरोना भाइरसका कारण संसारका खराब मुलुकहरुको सूचीमा बेलायतलाई पछि पार्दै भारत शीर्ष ४ मा उक्लिएको छ । बिहीवार एकै दिन ११ हजार भन्दा धेरै संक्रमित फेला परेका छन् । भारतको पछिल्लो तथ्याडकले बेलायतलाई समेत पछि पारेको हो । बिहीवार भारतमा सबैभन्दा धेरै संक्रमित फेला परे भने मृत्यु हुने संख्यामा सबैभन्दा धेरै रेकर्ड कायम भएको छ ।


भारतमा एकै दिन ११ हजार नयाँ संक्रमण भेटिएको यो पहिलो पटक हो । झन्डै ४ सय जना मानिसले कोरोनाका कारण बिहीवार भारतमा ज्यान गुमाए । बिहीवार रातिसम्मको तथ्याङ्क अनुसार भारतमा संक्रमितको संख्या २ लाख ९८ हजार १ सय ९१ पुगेको छ । भारतमा जुन महिनामा मात्रै १ लाख ६ हजार ५ सय ९४ जना संक्रमित थपिएका छन् । यही महिनाको ११ दिनमा ३ हजार ९७ जनाले ज्यान गुमाएका छन् ।


बिहीवार भारतमा ११ हजार ४ सय ४२ नयाँ संक्रमित थपिएका हुन् । अब विश्वका खराब मुलुकको सूचीमा भारतभन्दा अगाडि अमेरिका, ब्राजली र रसियामात्र छन् ।

1

Scroll to Top