नेपालमा हाल सम्मकै सबैभन्दा बढी कारोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा नेपालमा थप ४ सय ४८ जनामा कोरोना संक्रमिण् पुष्टि भएको छ । यो हाल सम्मकै उच्च संक्रमित संख्या हो । शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गोतमले थप ४४८ जनामा कोरोना पुष्टि भएको मिडियालाई बताए । संक्रमितमध्ये ४२४ पुरुष र २४ महिला रहेका छन् ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५ हजार ६२ पुगेको छ। संक्रमितमध्ये ४ हजार ७ सय ९ पुरुष र ३ सय ५३ जना रहेको प्रवक्ता गौतमले जानकारी दिए। कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १६ रहेको छ। पछिल्लो २४ घण्टामा नेपालमा थप १६ जना उपचारपछि निको भएर घर फर्केका छन् । योसँगै निको भएर घर फर्कनेको संख्या ८७७ रहेको छ। जसमा ७८६ पुरुष र ९१ जना महाला रहेको प्रवक्ता गौतमले जानकारी दिए।
अहिलेसम्म १ लाख २१ हजार ८ सय ६२ को आरटीपीसीआर विधिबाट परीक्षण गरिएको छ भने पछिल्लो २४ घण्टामा ५ हजार ९ सय ९ जनाको परीक्षण गरिएको थियो।
आज थपिएका संक्रमित मध्ये शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा ३२ जना, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा २३, धुलिखेल अस्पतालमा ८ जना, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा ८ जना, प्रदेशिक अस्पताल प्रयोगशाला सुर्खेतमा ८३ जना, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा २४ जनामा पोजेटिभ दखिएको छ । यस्तै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा १ सय ४१ जनाको पोजेटिभ आएको छ ।
त्यसैगरी विराटनगर अस्पतामा गरिएको परीक्षणमा ९ जना, शिक्षण अस्पतालमा गरीएको परीक्षणमा १० जना, भरतपुर अस्पतालमा भएको परीक्षणमा ८ जना र पाटन अस्पतालमा गरिएको परीक्षणमा धादिङका १ जनामा कोरोना पोजेटिभ देखिएको छ । यस्तै विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ३१ जना, कोसी अस्पतालमा भएको परीक्षणमा १७ जना, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पोखरामा ३७ जना र भेरी अञ्चल अस्पताल प्रयोगशालामा १६ जनामा कोरोना पोजेटिभ देखिएको हो ।


