
काठमाण्डौ – साउदीबाट आउँदो असार ४ गते बिहीबार हिमालय एअरलाइन्सको उडानबाट नेपाल आउँनेको नामाबली सार्बजनिक भएको छ । हिमालय एअरको उडानमार्फत नेपाल फर्कनका लागि २२३ जना नेपालीको नाम सार्बजनिक गरेको हो ।
विदेशबाट फर्कने नेपालीको साथमा अनिवार्य कोरोना जाँचको रिपोर्ट हुनपर्ने भएकाले टिकट बुक गरेपछि मात्र कोरोना जाँच गराउन अनुरोध दूतावासले गरेको छ ।






